माघ १, काठमाडौं । “भनिन्छ अपराधी लुक्न सक्छन तर कानूनको दायरा बाट कोही भाग्न सकदैनन “भन्ने यही एउटा कुरालाई साबित गरेर देखाउनु भएको छ एक बर्ष अगाडि अश्लील हरक़त गरेर सार्बजनिक बसमा महिला माथि कुकृत्य गर्ने अपराधि रबिन सार्कीलाई समाएर अपराध महाशाखा टेकुका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सहकुल थापाले ।

अपराधिलाई जसरी जे गर्दा पनि हुन्छ प्रहरीलाई थाहा हुदैन भन्ने गलत मानसिकतालाई दर्हो झापट दिनु भएको छ उहाले । नेपाल प्रहरी बास्तवमै सम्पूर्ण सुबिधा सम्पन्न उपकरण बिना पनि एकदम अनुसन्धानमा काबिल र उदाहरणीय छन भन्ने साबित पनि भएको छ । CCTV र अन्य उपकरण बिना पनि यस्ता कुकृत्य गर्नेलाई कानूनी कठघरामा ल्याउनु भनेको सानो मेहनत, जनता र महिला प्रतिको सुरक्षाको निम्ति सूक्ष्म अनुसन्धान बिना सफल हुने कुरा होइन ।