• २०८३ बैशाख ४ गते शुक्रवार

धनुषाबाट पेस्तोल सहित दुई जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

माघ १, धनुषा । जनकनन्दनी गाउँपालिका-५ बरनझुल्लाबाट पेस्तोल १ थान र म्यागजिन १ थान सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय दिपेश कुमार महतो र १९ वर्षीय शुभकेश महतो रहेका छन् ।

सोही ठाउँस्थित हतियार पड्काउदै हिँडेको भन्‍ने सूचना प्राप्‍त हुनासाथ ईलाका प्रहरी कार्यालय खजुरी धनुषाबाट खटिएको प्रहरीले महतोको घरभन्दा करिब ५ सय मिटर पर आफ्नै आँपको बगैंचामा लुकाई छिपाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस