मंसिर २९, काठमाडौं । नेपाली काँग्रेसले सरकारविरुद्ध केन्द्रित हुँदै सोमबार देशभर विरोधसभा आयोजना गरेको छ ।सरकारका काम कारवाही जनहितमा नभएको, भ्रष्ट्राचार बढेको आरोप लगाउँदै सो पार्टीले देशभर विरोधसभा आयोजना गरेको हो ।

नेपाली काँग्रेस पार्टीले राजधानी काठमाडौंलगायत देशका अन्य भागमा पनि विरोधसभा आयोजना गरेको छ । पार्टीका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले देशका विभिन्न भागमा पुगेर विरोध प्रदर्शनको नेतृत्व सम्हाल्नुभएको थियो ।
मास्क र भौतिक दूरी अनिवार्य गर्दै काँग्रेस रुपन्देहीले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।