• २०८३ बैशाख ४ गते शुक्रवार

स्वतन्त्र रास्ट्रीय अभियान दमक नगर कमिटीको अपिल

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

कात्तिक २९, झापा । स्वतन्त्र रास्ट्रीय अभियान दमक नगर कमिटीले समग्र नेपालीलाई अपिल गरेको छ । नेअपिल गरेको हो । राजनैतिक अवस्थाका बारेमा जानकारी गराउदै अभियानले सर्वसाधारणहरुलाई अपिल गरेको छ ।

अपिलमा भनिएको छ “निश्चित गतिमा बगिरहने समयको परिवर्तन संगै विश्वमा अनिश्चित र अस्वाभाविक परिवर्तन भैरहेका छन . कति परिवर्तन आवश्यक थिए, जसले विश्वलाई सुन्दर बनायो . कति अतिरन्जित थिए जसले विश्वलाई कुरूप र अभद्र बनाइरहेको छ । समयले सिर्जना गरेका चुनौतीलाई सामना गर्दै अवसरको सहि सदुपयोग गर्नु संबन्धित पक्षको प्रमुख दायीत्व हो र यसलाई समृद्दीको अनिवार्य तत्वको रुपमा लिनुपर्दछ । तर नेपालको राजनीतिक सन्दर्भमा हेर्ने हो भने परिवर्तनलाई उचित समन्वय र सकारात्मक ढंगबाट आत्मसाथ गर्न सकेको देखिदैन । राजनीतिक परिवर्तन केवल राजनितिक प्रणाली फेर्नको लागिमात्र देखिएको छ, व्यवहारिक बिचार र योजनामा छैन । नेपाल- नेपालीको भावना र आवश्यकतालाई समेटेर कार्य गर्न सकेको छैन जसले गर्दा आम नेपाली नागरिकहरु निराश र चिन्तित छन् । हामी राष्ट्र भित्रै राष्ट्रियता,पहिचान,न्याय,स्वास्थ्य,शिक्षा,सुरक्षा र रोजगारी खोजेर छटपटाइरहेका छौ . विगत केहि दशक भित्रको समयलाईमात्र हेर्ने हो भने पनि देशमा अनेकौ राजनितिक प्रणाली र दर्जनौ सरकारहरु परिवर्तन भएको हामीलाई अवगत नै छ । यी परिवर्तन केवल व्यक्ति विशेष, राजनैतिक पार्टीको स्वार्थ,शक्ती र पैसाको लागि मात्र भएको बुझिन्छ । अझ प्रस्ट रुपमा भन्ने हो भने अहिलेको नेतृत्वले विदेशी स्वार्थको निमित्त आफ्नै रास्ट्रलाई गुलाम बनाइरहेकाछन् . हरेक रास्ट्रको आफ्नै मौलिकता, धर्म-संस्कृति, पहिचान, स्वाधीनता र आत्मनिर्भरपन हुन्छ, रास्ट्रप्रति गौरव गर्ने विभिन्न आधार हुन्छन । तर दिनप्रति दिन ति आधारहरु गुमिरहेका छन्-हराइरहेकाछन् । विगतमा संचालन रहेका रास्ट्रका महत्वपुंर्ण दर्जनौ ठुला उद्योग-कलकारखानाहरु,जसले रास्ट्रको समृद्दीमा ठुलो योगदान दिएका थिए । आज ति सबै बन्द हुदा पनि पुन: संचालनको बिषयमा कहिँकतै बाट आवाज न उठ्नु ठुलो शंकाको बिषय हो । ‘हरियो वन नेपालको धन, ‘कृषिप्रधान देश नेपाल’, ‘जलस्रोतको धनि देश नेपाल’ आदि जस्ता नारा एकातिर, व्यवहार अर्कोतिर छन् । आज यी स्रोत-साधनहरुको न संरक्षण भएको छ न सहि सदुपयोग नै भएको छ । सिमित स्वार्थ र क्षणिक लाभको प्रतिस्पर्धाले प्राकृतिक स्रोत-साधनहरु अति दोहनको चपेटामा परेका छन् । मानवीय संवेदनशीलता र व्यवहारलाई ख्याल गर्न नसक्दा आज पुरै विश्वनै प्राकृतिक महामारीबाट थलिएको यस विसम परिस्थितिमा मानबजाती इमान्दार,कर्तव्यनिस्ठ र न्यायप्रेमी हुन जरुरि छ । 

आदरणीय आमा-बुबा, दाजु-भाई तथा दिदि-बहिनीहरु, भ्रस्टाचार र राजस्व चुहावट नियन्त्रण गर्न कुनै चासो नदेखाउने तर राष्ट्रघाती सन्धि-सम्झौता र परियोजनाहरु निम्त्याएर रास्ट्रको स्वाधीनता र सार्वभौमिकता माथि नै चुनौती सृजना गर्न तल्लिन वर्तमान नेतृत्वप्रति प्रश्न गर्न जरुरि छ । आज राष्ट्र र रास्ट्रीयता को प्रतिनिधित्व गर्ने राजनीतिक शक्ती/पार्टी कुन हो,जसले रास्ट्रको समृद्दी र संरक्षण गर्न सक्छ र उसलाई निर्धक्क भएर विश्वाश गर्न सकिन्छ ? यो प्रश्नको जवाफ खोज्दा-खोज्दै हामि नागरिकहरु आफैसंग हारिरहेकाछौ । त्यसैले हामीले गम्भीर भएर सोच्ने बेला आएको छ र सच्चा नागरिक हुन जरुरि छ र हामीले दिएको अभिमतको उपयोगिता के भयो खोज्ने बेला भएको छ । के हामीले गर्दै आएको व्यवहार र कार्य न्यायसंगत छ ? व्यवहारिक छ ? आम नागरिकको हितमा छ ? हामीले गर्दै आएको व्यवहार र कार्यशैलीबाट हाम्रो सन्तानले कस्तो ज्ञान,सिप र संकार प्राप्त गर्दछन ? आफुले आफैलाई प्रश्न गरौ र गलत छौ भने आत्म सुद्दिकरण गरौ । यस्तै समस्याहरु र ति समस्याका समाधान गर्ने उद्येश्य सहित राष्ट्रको उन्नति र समृद्दीको लागि संघर्षरत अभियान, ‘स्वतन्त्र राष्ट्रिय अभियान नेपाल’ हो । बिदेशी विचार हैन आफ्नै देशको माटो,संस्कार,धर्म-संस्कृति र आवश्यकता अनुरुप सुहाउदो दर्शन निर्माण गरि उन्नत र समृद्दी राष्ट्र निर्माण गर्न एकजुट हौ । राजनीति पेशा र व्यापार होइन, राज्य प्रति सेवा गर्नु नागरिकको कर्तव्य र नैतिक जिम्वेवारी हो भन्ने बिचारले आफ्नै देशको जनशक्ती,जल,जमिन,जंगल र जडीबुटीको प्रभाबकारी परिचालन गरि देशमा प्रशस्त रोजगार सृजना गरेर बढ्दो वैदेशिक पलायनलाई रोक्न,देशमा व्याप्त कुरीति,विसंगति र भ्रस्टाचारको अन्त्य गर्दै साच्चैनै स्वाधीन र आत्मनिर्भर राष्ट्र निर्माण गर्ने यो महान अभियानमा साथ,सहयोग र समर्थनको लागि सम्पूर्ण राष्ट्रप्रेमी महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछौ ।
स्वतन्त्र रास्ट्रीय अभियान नै किन ?

नेपाल र नेपालीको निम्ति अन्तिम विकल्प, “उन्नत लोकतन्त्र,प्रत्यक्ष प्रजातन्त्र”
 सांसद मन्त्री/प्रधानमन्त्री हुन नपाउने,
 दुईदलीय व्यवस्था, ५१% ले सरकार बनाउने र ४९% प्रतिपक्ष,
 राइट टु रिजेक्ट/ राइट टु रिकल,
 विचार र सिद्धान्तमा आधारित,स्वास्थ्य,शिक्षा निशुल्क गर्न,
१८-२४ बर्षसम्म सैन्य तालिम दिने र त्यसपछि उक्त नागरिकले जुन क्षेत्रमा जान चाहेको छ त्यहि क्षेत्रको विशेष सिप प्रदान गरि स्वरोजगार बनाउन,
कृषि,पर्यटन र हाइड्रोपावरमा विशेष वजेट सहित आर्थिक उन्नतिमा अघि बढ्न,
निजि खर्च बिहिन चुनावी प्रणाली विकाश गर्न,
सबै भुमि राज्यको,भूमिमा राज्य तर्फबाट औद्योगिकरण गरि युवालाई रोजगार सृजनागरि स्वदेशी वस्तुको निर्यात युग पुन:शुरुवात गर्न आदि .
बहुलविचारयुक्त दुई दलीय प्रणाली
अर्थात्
भ्रस्टाचार गर्न मन नलाग्ने र चाहदा पनि नसक्ने व्यवस्था
उन्नत लोकतन्त्र/प्रत्यक्ष प्रजातन्त्र
Advance Democracy/Direct Democracy
स्वतन्त्र रास्ट्रीय अभियान,नेपाल
Independent National Campaign,Nepal (INC,Nepal)
संयोजक
दमक नगर कमिटी
स्वतन्त्र रास्ट्रीय अभियान,नेपाल
सम्पर्क:-
दिपेन्द्र पौडेल, फोन नं. ९८५२६८३४३२
अम्बिका खुलाल, फोन नं. ९८४२६२३०६४
निर्मल उप्रेती, फोन नं. ९८२७०४६३१२

साथै स्वतन्त्र रास्ट्रीय अभियान दमक नगर कमिटीका सचिव निर्मल उप्रेतीले शुभ दिपावली तथा छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुबा दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस