• २०८३ असार २ गते मङ्गलवार

एक हजार ९४६ थपिए, दुई हजार ५०३ सङ्क्रमणमुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार नेपालमा कोरोनाभाइरसका एक हजार ९४६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ९४६ जना सङ्क्रमित थपिएको र दुई हजार ५०३ जना सङ्क्रमणमुक्त भएका हुन ।
(
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख आठ हजार २९९ पुगेको जनाएको छ । हाल ३६ हजार ४५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । हालसम्म एक लाख ७० हजार ६३२ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हालसम्म १६ लाख दुई हजार ६०३ जनाको आरटीपीसीआर परीक्षण गरेको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा करीब दश हजार जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा १३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २१५ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस