कार्तिक २९, एजेन्सी । फिफा विश्वकप फुटबलको छनोटमा उरुग्वेले कोलम्बियालाई ३-० को फराकिलो अन्तरमा पराजित गरेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार राति उरुग्वे र कोलम्बिया बिच खेल भएको हो ।

कोलम्बियामा भएको खेलमा उरुग्वेका लागि एडिनसन काभानी, लुइस स्वारेज र डार्विन नुनेजले एक एक गोल गरे । खेलको पाँचौं मिनेटमा काभानीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ५४ औं मिनेटमा स्वारेजले गोल गर्दै उरुग्वेलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ७३ औं मिनेटमा डार्विनले गोल गर्दै उरुग्वेलाई ३-० को जित दिलाए ।
खेलको ९० औं मिनेटमा यरी मिनाले रातो कार्ड पाएपछि खेलको अन्तिम केहि मिनेट कोलम्बिया १० खेलाडीमा समेटिएको थियो । यो जितसँगै उरुग्वे चौंथो स्थानमा उक्लिएको छ । उरुग्वेले ३ खेलमा ६ अंक जोडेको छ । कोलम्बिया ३ खेलमा ४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।