असोज २८, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १४०३ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ९९६, भक्तपुरमा १०२ र ललितपुर ३०५ गरी १४०३ जनामा संक्रमण पुष्टि भएको हो ।थप २६३८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ६ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आज २१ सय ७४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८० हजार ९ सय ५४ जना रहेको छ । आज १२ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ६ सय ७५ जना पुगेको छ ।