• २०८३ बैशाख ३१ गते बिहिवार

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३० , काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।

आज प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन् । नेताहरुका अनुसार पार्टीमा सहमति खोज्न कार्यदल गठन गर्ने सम्भावना छ । प्रचण्डले त्यसका लागि आफ्नो समूहबाट सहमति लिइसकेका छन् । सबै विषयमा खुला छलफल गरेर सहमतिको प्रस्ताव तयार पार्न कार्यदल बनाउने तयारी छ ।

प्रधानमन्त्री ओलीले भने उपाध्यक्ष वामदेव गौतमको ६ बुँदे प्रस्तावकै वरिपरि सहमति खोज्ने प्रस्ताव राखेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस