• २०८३ बैशाख ८ गते मङ्गलवार

पेरुमाथि ब्राजिलको ४-० गोल अन्तरको जित,

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, एजेन्सी । आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा लगातार दोस्रो जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा पेरुलाई ४-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो जित दर्ता गरेको हो ।

ओलम्पिक निल्टन सान्तोस स्टेडियममा भएको खेलमा खेलको १२ औं मिनेटमा ग्राबियल जिससको पासमा एलेक्सले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६८ औं मिनेटमा फ्रेडमा पासमा नेयमारले गोल गर्दै ब्राजिललाई २-० को अग्रता दिलाए । ब्राजिलका लागि नेयमारको यो ६८ औं गोल हो । पेलेको कीर्तिमान भन्दा नेयमार ९ गोलले पछि रहेका छन् । खेलको ८९ औं मिनेटमा रिचार्लीसनको पासमा एभर्टनले गोल गर्दा ब्राजिलले ३-० को अग्रता बनायो । त्यसपछि खेलको इन्जुरी समयमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ४-० को सानदार जित दिलाए ।

यस जितसँगै समूह बी मा रहेका ब्राजिलले २ खेलमा ६ अंक जोडेको छ । ब्राजिल समूहको शीर्ष स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस