असार ३०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनसार बितेको २४ घण्टामा नेपालमा थप ११६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो सगैं कुल संक्रमित संख्या १७ हजार ६१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको मंगलबारको नियमित प्रेस ब्रिफिङमा जनाए अनुसार काठमाडौंका २ जनासहित ११६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३४ जना डिस्चार्ज भएका छन् । योसँगै संक्रमण निको हुनेको कूल संख्या १० हजार ३२८ पुगेको छ ।