जेठ ३२, बाजुरा । स्कुल अफ डेमोक्रेशी नेपाल बाजुराको अध्यक्षमा नेपाली काँगेस बाजुराकी महिला नेतृ कविता विष्ट चयन हुनुभएको छ । बाजुरामा प्रजातान्त्रिक शिक्षालाई उजागर गर्नका लागि गठित संगठनको अध्यक्षमा नेपाली काँगेस बाजुराकी महिला नेतृ चयन हुनुभएको नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।

विष्ट अहिले जिल्ला सदरमुकाममै पर्ने वडिमालिका नगरपालिकाको उपप्रमुख पनि हुनुहन्छ । जिल्लाका हरेक सामाजिक कार्यमा संलग्न हुने विष्टले बाजुरा प्रजातान्त्रिक शिक्षालाई सम्हाल्ने जिम्मेवारी पाएकोमा खुसी भएको बताउँदै जिम्मेवारी प्रदान गर्ने सम्पुर्णलाई धन्यवाद समेत दिएकी छन् । शिक्षाका हरेक प्रकार हुन्छन् । त्यसैमा पनि प्रजातान्त्रिक शिक्षामा सबै युवाहरुको चासो बढेकाले स्कुल अफ डेमोक्रेशी नेपाल हरेक जिल्लामा विस्तार गर्ने कार्य भैरहेका बेला बाजुरा जिल्लालाई पनि जिम्मेपवारी प्रदान गरेको नेविसंघ निर्वतमान अध्यक्ष महरले बताए ।
