• २०८३ जेष्ठ २५ गते सोमवार

कोहलपुरबाट ब्राउनसुगर सहित ३ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २, बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरले लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेका छ।
कोहलपुरबाट खटिएको प्रहरी टोलीले कोहलपुर ३ बाट एक ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगरसहित उनीहरुलाई बिहीबार साँझ नियन्त्रणमा लिएको हो ।

ब्राउनसुगरसहित पक्राउ पर्नेमा कोहलपुर १५ का १९ वर्षिय निरज थारु, आकाश थारु र सोही ठाउँका २१ वर्षिय सञ्जय थारु रहेका छन् । उनीहरुमाथी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदिप चन्दले जानकारी दिनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस