• २०८३ बैशाख १८ गते शुक्रवार

६० लाख बढीका सामानसहित भ्यान पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २, झापा । भद्रपुर पूर्वीनाका काँकडभिट्टाबाट अवैधरुपमा नेपाल भित्र्याइएका रु ६० लाख बढीका सामानसहित मे१ज १८०७ नंको बोलेरो पिकअप भ्यान पक्राउ परेको छ । पक्राउ परेका भ्यानलाई प्रहरीले क्षेत्रीय राजश्व कार्यालय इटहरी पठाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान पत्रकार सम्मेलन गरी नेटका साडी, कुर्तासलवार, बनरासे साडी, रङ्गोली ब्वाउजसहितका साडीलगायतका रु ६० लाख ३१ हजार १०० का सामान राजश्व कार्यालय पठाएको जानकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाका अनुसार बिहीबार पूर्वपश्चिम राजमार्गको मेचीनगर नगरपालिका–१२ बाट विशेष सुराकीका आधारमा महेन्द्रा कम्पनीको गाडीसहित सामान बरामत गरिएको हो । उनका अनुसार भन्सार छली लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा सो सामग्री बरामद राजश्व कार्यालय पठाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस