कार्तिक २८, ललितपुर । ललितपुरको ग्वार्कोमा फोहोरमैला संकलन गर्ने ठाउँमा आगलागी भएको छ । शुक्रबार ललितपुर महानगरपालिकाको फोहोरमैला संकलन गर्ने ठाउँमा भएको र आगलागी चार वटा दमकलको सहायतामा निभाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
आगलागी भएको ठाउँमा स्प्रेका बोत्तलहरु रहेको कारण पड्किएर उछिटिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट मानविय क्षति भने भएको छैन ।