• २०८३ बैशाख १९ गते शनिवार

२४ घण्टामा विश्वमा ५ लाख ७९ हजार बढीमा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २८, काठमाडौँ । पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ७९ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा धेरै हो ।

अघिल्लो २४ घण्टा ४ लाख ९० हजार ४७८ जनामा कोरोना संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा ९ हजार ६६८ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टा कोरोनाका कारण ८ हजार ५७० संक्रमितको मृत्यु भएको थियो । यसैबीच, हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड १८ लाख ४८ हजार ६६१ जनालाई कोरोना संक्रमण भइसकेको छ । कोरोनाका कारण हालसम्म विश्वमा १२ लाख ८० हजार ८६८ जनाको मृत्यु भइसकेको ।

Sharing

प्रतिक्रिया दिनुहोस