• २०८३ बैशाख १४ गते सोमवार

चितवनमा कोरोना संक्रमितको संख्या २८ सय नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असाेज २७, चितवन । जिल्ला स्वास्थ्य कार्यलय चितवनको तथ्याङ्क हेर्ने हो भने चितवनमा संक्रमित हुनेको संख्या २ हजार ८ सय ६ रहेको छ । संक्रमितमध्ये भरतपुरमा १ हजार ८ सय ९९ जना, रत्ननगरमा ३ सय ८९ जना, खैरहनीमा २ सय ८ जना, राप्तीमा १ सय ७६ जना, कालिकामा ८६ जना, माडीमा ६८ जना र इच्छाकामनामा १८ जनामा संक्रमण पुष्टि भैसकेको छ ।

जिल्लामा ७ सय ५४ जना होमआइसोलेसनमा र ३ सय ४३ जना अस्पतालको आइसोलेसनमा छन् । जिल्लाका १ हजार ६ सय ३२ जना कोरोनामुक्त बनिसकेका छन् । कोरोना संक्रमणका कारण चितवनका ३६ जनाले ज्यान गुमाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस