• २०८३ बैशाख १० गते बिहिवार

कोरोना संक्रमित प्रहरीको संख्या ५ हजार १ सय १० जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २७, काठमाडौँ । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ५ हजार १ सय १० पुगेको छ । जसमध्ये ३ हजार १ सय ५४ जना भने डिस्चार्ज भइसकेका छन् । त्यस्तै १९ सय ५६ जना उपचाररत छन् ।

३ हजार १ सय ५४ जना भने डिस्चार्ज भइसकेका छन् । तथ्याङ्‍कअनुसार प्रहरी प्रधान कार्यालयमै ३४२ जना कोरोनाका सक्रिय संक्रमित छन् भने काठमाडौं उपत्यकामा ६९२ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

यस्तै प्रदेश १ मा ११८ जना, प्रदेश २ मा ८७ जना, वाग्मती प्रदेशमा १५८ जना, गण्डकी प्रदेशमा १९५ जना, लुम्बीनी प्रदेशमा १९१ जना, कर्णाली प्रदेशमा ४८ जना र सुदूरपश्चिम प्रदेशमा १२५ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस