असोज २७, दाङ । लुम्बिनी प्रदेशका सांसद डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रदेशका लेखा समिति सभापति समेत रहेका चौधरीलाई सुगर र निमिनियाको समस्या देखिएपछि आइतबार राति भेरी अस्पतालको आइसियूमा भर्ना गरिएकाे थियाे ।

बाँकेस्थित भेरी अस्पतालमा भर्ना भएका प्रदेश सांसद चौधरीलाई त्यही गरिएको पीसीआर परीक्षणका क्रममा गएराति संक्रमण पुष्टि भएको हो ।