• २०८३ बैशाख ६ गते आइतवार

आज मंगल ग्रह ठूलो र चम्किलो देखिँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

आश्विन २७, काठमाडौं । आज अक्टोबर १३ तारिखका दिन पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने खगोलविद्ले बताएका छन्। नासाका अनुसार यो दुर्लभ खगोलीय घटना हो। जसमा मंगल, पृथ्वी र सूर्य ग्रह आपसमा सीधा रेखामा हुनेछन्। आज जीएमटी २३ः२० मा मंगल, पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा हुने अमेरिकी अन्तरीक्ष निकाय नासाले जनाएको छ । खगोलविद्का अनुसार यस्तो दुर्लभ घटना हरेक २ वर्ष २६ महिनामा हुन्छ। यसर्थ अब २०२२ डिसेम्बर यता मंगल ग्रह र पृथ्वी यति नजिक हुने छैनन्। पृथ्वी र मंगल ग्रहबीचको दूरीमा यस्तो परिवर्तन अन्डाकार कक्षका कारण हुने गर्छ।

अन्य ग्रहका गुरुत्वाकर्षणका कारण परिक्रमा कक्षमा यस्ता परिवर्तन भइरहन्छन्। खासगरी बृहस्पतिको गुरुत्वाकर्षण शक्तिले मंगल ग्रहको परिक्रमा कक्षलाई प्रभाव पार्ने गर्छ। मंगल ग्रहलाई रातो ग्रह पनि भनिन्छ। यसको सतहमा ठूलो मात्रामा आइरन अक्साइड रहेकाले यसको रङ रातो देखिएको हो। मंगल ग्रह सौर्य मण्डलको दोस्रो सबैभन्दा सानो ग्रह हो। यो भन्दा अघि सन् २०१८ मा आमने सामने हुँदा पृथ्वी र मङ्गल जम्मा ५८ करोड किलोमिटर टाढा थिए। पृथ्वी र मंगल ग्रह नजिक हुँदा जहिले पनि एउटा अफवाह फैलिन्छ । मानिसहरु मंगल ग्रह मध्यराति चन्द्रमा जस्तै ठूलो देखिन्छ भन्ने हल्ला फैलाउँछन् । तर यो सत्य होइन । तर सत्य के हो भने राति घर बाहिर निस्किएर आकासमा हेरेमा अलि ठूलो ताराजस्तो चम्किलो वस्तु अवश्य देखिन्छ ।

खगोल फोटोग्राफर ड्यामियन पिचले बीबीसीसँग भनेका छन्, ‘यसलाई हेर्न मध्यरात कुर्नु पर्दैन । रात पर्नासाथ अति चम्किलो तारा जस्तो वस्तु आकाशमा सजिलै देखिन्छ । तपाईं झुक्किनु हुने छैन ।’ यदि मंगल ग्रहलाई अझ राम्रोसँग हेर्न चाहेमा आफ्नो घर नजिकको एस्ट्रोनोमी सेन्टरमा गएर टेलिस्कोप बाट हेर्न सकिने खगोलशास्त्रीहरु बताउँछन् । मंगलबारको मंगल ग्रहको दृष्य खास मानिएको छ । किनभने यसको अवस्थितिको उचाइ फोटो खिच्नका लागि उपयुक्त हुने खगोल फोटोग्राफर डियामियन बताउँछन् । ग्रहहरु आ–आफ्नो कक्षमा परिक्रमा गरिरहेका हुन्छन् । यो कक्ष अन्डाकार हुने भएकाले एक विन्दुमा मंगल ग्रह र पृथ्वी नजिक आउँछन् । र फेरि घुम्दै एकअर्काबाट टाढा पुग्छन् । हरेक दुई वर्षमा मंगल ग्रह र पृथ्वी नजिक हुने हुँदा मंगल ग्रहमा जाने मिसन यही मौका पारेर पठाइन्छ । किनभने अन्तरीक्ष यात्राको दुरी कम हुन्छ, थोरै इन्धन र थोरै समयमै मंगल ग्रहमा पुग्न सकिन्छ ।

अहिले मंगल ग्रहका तीन वटा मिसन सक्रिय छन्– युएईको होप ओर्बाइटर, चीनको तियानमेन अर्बाइटर एण्ड रोबर र अमेरिकाको पर्सिवियरेन्स रोबर । यी तीनवटै मिसन गत जुलाई महिनामा मंगल ग्रहमा पठाइएको थियो । युएई, चीन र अमेरिकाको यो मिसन सन् २०२१ को फेब्रुअरीमा मंगल ग्रहमा पुग्ने छ । यसअघि गत सन् २०१८ को जुलाई ३१ मा मंगल ग्रह र पृथ्वी नजिक आएका थिए । त्यसको दुई महिना अघि नासाले मंगल ग्रहको मिसन लन्च गरेको थियो । मंगल ग्रहलाई ‘रातो ग्रह’ पनि भनिन्छ । यसको सतहमा आइरन अक्साइडको मात्रा अत्यधिक रहेकाले यो रातो देखिन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस