असोज २७, महोत्तरी । महोत्तरीमा जिल्लाको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सोमबार अबेर राति नगरप्रमुख साह आफैँले आफ्नो पिसीआर जाँचको नतिजा पोजेटिभ आएको सार्वजनिक गरेका छन् ।
त्यस्तै महोत्तरीका राससकर्मी गोपालप्रसाद बराल र कान्तिपुरकर्मी सुनिता बराल पिसीआर परीक्षणबाट कोभिड १९ सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेसनमा छन् । गोपालको गत बिहीबार र सुनिताको गत शनिबार सङ्क्रमण पुष्टि भएको हो ।
यसअघि अन्नपूर्णकर्मी राजकरण महतो र न्यूज २४ का ललनकुमार मण्डलमा कोभिड १९ पुष्टि भएको थियो । यद्यपि महतो र मण्डल दुवै सङ्क्रमणमुक्त भइसकेका छन् ।