गीत कथा लेख्छन सर्वहाराको महलमा बसेर,
उन्लाई के महत्व आँसुधाराको महलमा बसेर।
कुटेका छन गिट्टी देशमा परदेशमा मज्दुर छन,
कस्ले बुझ्छ मर्म गरीब साराको महलमा बसेर।
चुनाव लड्दा नारा असमानता बिरुधमा हुन्छ,
कामलाए बिना निमेक झारको महलमा बसेर।
तिराउँछन असायलाई डण्ड सजाए उस्तै सदै,
मोज गर्छ उठाई दाम खाराको महलमा बसेर।
छानो छैन मानो छैन गरीब दुखि ज्यामीहरुको,
नियम कानून सबै उन्कै पाराको महलमा बसेर।
घेरेकाछन हाम्रो देश लाई बिदेशी दलालहरुले,
जाल बुन्छन नेता झुट्ठा नाराको महलमा बसेर।
भ्रष्टचार बढ्दैछ अन्याय र अत्याचार उस्तै यँहा,
गुण्डा पाल्न थाले नेता भाराको महलमा बसेर।
सुरेशकुमार पान्डे।१२-०९-२०२०,