बाल मज्दूर बनेर परदेश आएको बुढाले आफ्ना बाल बच्चालाई आफु जस्तै कु पोषणको सिकार नबनुन् ,अन पड र अशिक्षित न रहुँन भन्ने सोँच्थ्यो।आफुले बालख देखून नै मज्दुर भएर खाएको हण्डर आफ्ना औलादहरुले खान नपरौश भन्थ्यो।उस्लाई आफ्नो चिन्ता होईन भर्खर फुलमतीको कोखमा जमेको भ्रुणको चिन्ता थियो।
दिनैभरी घन गैची र फरुवा चलाएर थाकेको सरीर पसिना गनाउँदै आएर भर्खर भित्ताको अडेस लागेर बस्छ।अनि एउटा चुरट सल्काएर लामू लामू कस तान्छ।साहित थकाई मेट्ने उदेश्यले होला।मुख भरीको धुँवालाई बिस्तारै छोड्छ!बा बा मलाई पनि एउटा चुरोट दिनुस न!त्यही धुँवा बाट प्रकट भएर फुलमतिको कोखमा भएको शिषु ले भनेको जस्तै महेशुर्ष गर्छ।उस्को कानमा बच्चा बोलेको जस्तै लाग्छ!होईन बाबु यो पिउने चिज होईन!उस्ले जवाफ दिन्छ।पिउँने चिज होईन फेरी हजूरले किन पिउँदै हुँनु हुन्छ त ? यो प्रश्न कानमा पर्दासाथ उ झसिङ्ग गर्छ।
यस्को उत्तर ता केबल ध्रूमपानको अनत्य थियो। आखिर भोली जन्मिने त्यो बच्चाले यस्तै प्रश्न मसँग सोध्यो भने!छि.छि कैँ त्यो बच्चाले सिगरेट मागि हाल्यो भने कसरी सम्झाउँला?मैले अब यो बिढी र सिक्रेट छाड्नै पर्छ ढिलो नगरी !मनैमनमा भन्छ।यति बेर उस्ले त्यो फुलमतीको कोखमा रहेको बच्चा को काल्पनिक कुरालाई लिएर आफु र अन्तर आत्मा सँग डिसकस गर्दै थियो।छोड बिडी!अन्तरत्माले भन्छ।उस्ले छाड्दिन्छ!सिग्रेट छाड्नलाई उस्ले आफ्नो अतित सँग ठुलो शंघर्ष गर्नु पर्छ।बुढाले एक पटक फ्याँके पछि त्यो फेरी उठाउँदैन।आखिर त्यो अहिले बुढामात्रै एक्लो थिएन फुलमती थि निकट भबिष्यमा नयाँ पाहुँना आउँदै थियो।आफ्नो औलादको लागि सबैले केहिन केही सपना देखेकै हुँन्छन।सो बुढाले उस्को भबिष्यको लागि आफ्नो मयल सफा गर्दै थियो।
फुलमती आजको यो पुँजी प्रधान समाज सँग मैले प्रदिसप्रधा गरेर आफ्नो औलादको लागि सुख हासिल गर्न सक्दैन।नाही मैले उनिहरुको लागि यति शिक्षा र सुबिधा दिन सकुला जति भोलीको समाजमा बाँच्नका लागि आबस्याकता हुन्छ होला!आजको जमाना हिँजोको जस्तो छैन,र भोली आजको जस्तै रहि रहनेपनि छैन।हिँजो मेरा बाले मलाई हलो जोत्न र ईमान्दार बन्न सिकाउँनु भयो।त्यो शिक्षा मैले दिएर मेरो जिम्मेवारी पुराहुँने छैन।हिँजो बारीको पाटो थियो तर आज घरबनाउँने ठाउँछैन!भन्दै फुलमतिलाई भन्छ। होनी त्यो हिँजोको बिचारले आज र आजको बिचार ले भोली पुग्दैन!फुलमतीले बुढाको साथ समर्थन गर्छे।
आफु यति बेला बन्द कोठामा भएपनि उस्को बिचार कल्पनामा संसार डुल्दै थियो।
आमाले नौ मैना सम्म कोखमा राख्छन,उन्ले जसरी तसरी त्यो कोखमा भएको बच्चालाई प्रतेक रोग संकट बाट जोगाएर समाजमा ल्याउँछिन।त्यो बेला सम्म उन्ले कसरी जोगाईन त्यो मलाई थाहा भैन।तर अब उ प्रत्यक्षा मेरो सामुन्य आई सकेपछि उस्को रेख देख गर्ने जिम्मा मेरोपनि त हुँन्छ।जब आफ्नो काँधमा जिम्मा आउँछ सरोकोर पनि त बढेर जान्छ!उस्ले आत्मा सँग कुरा गर्छ।मज्दुर भयपनि आफ्ना छोरा छोरीको भबिष्यको चिन्ता त उत्ति हुँन्छ जति एउटा बाउलाई हुँन्छ त्यो धनी हौश वा गरिब।आफ्ना मनमा उठेका ति कल्पनाका ज्वाहार भाटाहरु बाट प्रभाबित हुँदै आफु भित्र रहेका कयौँ खराब बानी बिचारहरुलाई पखाल्ने सक्दो प्रयास गर्छ।बच्चाहरु लाई धनीका बाउ आमाले जस्तै नसकेपनि सक्दो शिक्षा दिलाउँन बुढाले पनि प्रयत्न गर्छ।डाक्टर र ईञ्जिनियर बनाउँने वकिल बनाउँने सपना देखेको हुँन्छ।उस्ले निमेक गर्छ मज्दुरी गर्छ रिक्सा चलाउँछ।साथै आफुमा समाजले पोखेका कयौँ कुसँस्कार र मयल हरुलाई सफा गरेर एउटा शुद्ध बाबा बनाएर देखाउँन प्रयत्नशिलछ।समय बित्दै जान्छ,छोरा छोरी जन्मिन्छन हुर्किन्छन,उनिहरुलाई वास्तबमा बुढाले झैँ दुःख देख्नु पर्दैन।बुढी समय भन्दा पहिले बित्छे,बुढा भने चिबित त छ तर आफुले जनमाएका हुर्काएका छोरा छोरी आज आफ्ना जस्ता लाग्दैनन।
बुडीको अभाब र छोरा छोरीको हेलारी भयको चिन्ताले उ आज डिप्रेशनको सिकार भयकोछ।तरपनि बाँचेकैछ, कालको प्रखाईमा।कसैले दया गरेर दिए खान्छ न दिए भोक भोकै बस्छ।त्यो गाउँ गाउँमा डुल्ने एउटा मानसिक रोगी।उस्ले पुरानो फाटेको त्यो कम्बल लाई घर बनाएकोछ।”जँहा पय्रो रात त्यँही छ उस्को बसेरा।जब निद्रा खुल्छ तब हुँन्छ सबेरा।”यहि गित गुनगुनाउँदै हिँडेको थियो।यता कुसे आउँसीमा छोरा छोरी हरुले बाबाको फोटा अपलोड गर्दै थिए उता बाबाको लाश चौरमा वेबारीसे थियो।उस्का सपनाहरु मलामे बनेर चारै तिर बाट घेरेका थिए।१२-०९-२०२०,(कथा र कथा भित्रका पात्रहरुको नाम कालपनिक हो यो कसैको निजि जिवन सँग मेल खाएमा मात्र संयोग हुँनेछ।)