• २०८३ बैशाख १४ गते सोमवार

आपँको  रुखबाट लडेर एक युवकको मृ’त्यु

मनोज डाँगी पढ्न लाग्ने समय : १ मिनेट

भदौ २८, रुकुम पुर्व ।रुकुम पुर्वमा  रुखबाट लडेर गम्भिर घाइते भएका एक युवकको जिल्ला अस्पतालमा रुकुमकोटमा ज्यान गयो । रुकुम पुर्वमा आपँको रुखबाट लडेर एक युवकको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका ६ स्थित ढकालबारा निवासी २६ वर्षिय बसन्त बोहोराको आपको रुखबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका सूचना अधिकारि प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिएका छ्न ।

उहाँका अनुसार हिजो साझ साढे चार बजेतिर आप खानको लागि घर नजिकैको आपको रुखमा चढेका बोरोहा रुखबाट लडेर गम्भिर घाइते भएका थिए । गम्भिर घाइते बोहोरालाई उपचारको लागि जिल्ला अस्पताल रुकुम पुर्वमा पुर्याइएको थियो ।उनको जिल्ला अस्पतालमै उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । उनको सवलाई पोष्टमाटमका लागि जिल्ला अस्पतालमा रहेको सव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी गुरुङले जानकारी दिएका छ्न ।

Sharing

प्रतिक्रिया दिनुहोस