श्रावण २९ , काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता भर्खरै सकिएको छ ।
९ दिनपछि छलफलमा जुटेका दुई नेताहरुबीच बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता भर्खरै सकिएको हो ।आजको छलफल समाधान उन्मुख रहेको र भोलि पनि वार्ता जारी राख्ने समझदारी बनेको जनाइएको छ ।
यसअघि साउन १८ गतेदेखि तीन दिन लगातार ओली र प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवाचन्द्र नेम्वाङले छलफल गरेका थिए ।