जेठ ३०, काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) को युवा संगठनले आज सामाजिक दुरी कायम गर्दै दिप प्रज्वलन गर्न राष्ट्रिय युवा संघले विशेष परिपत्र जारी गरेको छ ।
संघले नेपाल सरकारले लिपुयाधारा, लिपुलेक, कालापानी समेत समेटेको नक्सालाई संसदबाट पारित गरि अनुसुचीमा राखिने महत्वपुर्ण कार्य सम्पन्न भएको खुसियालीमा दिप प्रज्वलन गर्न आफ्ना ७७ वटै जिल्ला संयोजक र सह संयोजकलाई परिपत्र जारी गरेको हो ।
आज १ बजे बसेको प्रतिनिधी सभाको बैठकले सर्वसम्भत नक्सा जारी र निशान छाप परिर्वतन गरि नेपालको पुर्ण नक्सा जारी गरिएको छ ।
