• २०८३ जेष्ठ २८ गते बिहिवार

आजको मौसम : मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३१, काठमाडौं । शनिबार दिउँसो देशभर सामान्य बदली रहि प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदूर पश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु ,पश्चिमको भू(भाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व(पश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । जसका प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही रहेको छ।

महाशाखाले देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले सबैलाई सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस