बैशाख ३१, काठमाडौ । यतिबेला देशको सिमाना मिचिदा र भारतको बिस्तारबादी नितिले कस्को मनरोएको छैन होला र यसबिच देशको झन्डासहित ब्याक अफ ईन्डियाको ब्यानर बोकेर स्वतन्त्र नागरिकको हैसियतले लैनचौर पुगेका नेपाल भेटेरिनरी काउन्सिलका रजिष्ट्रार डा. नारायण घिमिरे र नेपाल भेटेरिनरी एशोसिएशनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठलगायतका केही महानुभाबहरु नेपालको झन्डा सहित बिहान लैनचौर स्थित भारतिय दुबास अगाडि जाँदै गर्दा पक्राउ पर्नुभएको थियो । प्रकाउ गरिसकेपछी पुलिस क्लब सम्म जाँदै गर्दा पुलिसको गाडिमाथी डा.श्रेष्ठले समातेको झन्डा फर्फराउदा गज्जबको दृश्य देखिएको थियो ! काठमाडौंको लैनचौरस्थित भारतीय राजदूताबास अगाडि सीमा अतिक्रमणको विरोध गर्दै प्रदर्शन गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पशु कल्याणकर्मीहरु स्नेहाज केयर सेन्टरकी सञ्चालक स्नेहा श्रेष्ठ र एसपिसीए नेपालका अध्यक्ष विकास श्रेष्ठ ,कपिल काफ्ले र मनोज श्रेष्ठ रहनु भएको छ । उहाहरुलाई प्रहरीले महेन्द्र पुलिस क्लबमा लगि दिनभर राखेर बेलुका ८ बजे मात्र छोडिएको हो । आफूहरुले कुनै संस्थागत नभइ स्वतःस्फूत रुपमा दुरि कायमगरि साकेतिक प्रदर्शनमा उत्रिँदा प्रहरीले पक्राउ गरेकोमा आपक्ति ब्यक्त गर्दै सबै ब्यक्तिले आफ्नो व्यक्तिगत स्वतन्त्रताका साथ बिरोघ गर्नपाउनु पर्ने बताउनुभयो ।