• २०८३ जेष्ठ २८ गते बिहिवार

२४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४३ पुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३१ , काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप २४ जनामा कारोना भाइरस (कोभिड – १९) को संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना पुष्टि भएको हो ।

नयां संक्रमितहरुमा रुपन्देहीको १२ जना, कपिलवस्तुमा ८ जना, पर्सामा ३ जना र नवलपरासीमा १ जनामा संक्रमण देखिएको हो ।
यो संगै कुल संक्रमितको संख्या २४३ पुगेको छ ।

Image may contain: text

Sharing

प्रतिक्रिया दिनुहोस