• २०८३ भाद्र २९ गते सोमवार

सुनवल खानेपनीको पहिलो मासिक बैठक सम्पन्न , न्यूनतम शुल्क ५० ताकियो

अति बिपन्न परिवारलाई निशुल्क धारा जडान
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन ३०, सुनवल । सुनवल खानेपानी तथा सरसफाइ संस्था सुनवल को सातौ सधारण सभा तथा पाचौं अधिबेसन सम्पन्न भै सकेपछीको पहिलो मासिक बैठक सप्पन्न भयको छ । बैठकले आम उपभोक्ता र सर्बसाधारणको जनचाहना र जनगुनासो लाई मध्यनजर गरि केही महत्त्वपूर्ण निर्णयहरु गरेको छ ।

बैठकले २०७६ चैत्र १ गते बाट लागू हुने गरि न्यूनतम शुल्क रु ५०/- कायम गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले एक घर एक खानेपानी को अभियान लाई सफल बनाइ खानेपानी आम जनताको पहुचमा पुर्याउन नया धारा जडान शुल्क रु १५,०१०/- ( पन्ध्र हजार दश रुपैयाँ ) लाई समायोजन गरि रु १०,०१०/- ( दश हजार दस रुपैया मात्र ) कायम गरेको छ भने बिपन्न परिवारलाई किस्ताबन्दी मा खानेपानी जडान गर्ने निर्णय गरेको छ । अति बिपन्न परिवारहरुका हकमा भने खानेपानी संस्थाले बनायको अति बिपन्न परिवारको मापदण्ड भित्र पर्ने परिवार लाई सम्बन्धित वार्ड कार्यलयको सिफारिसमा मा निशुल्क खानेपानी जडान गरिने पनि निर्णय गरियको छ भनी संस्थाका सदस्य रमेश नेपालीले बताउनु भयो । अधिबेशन मा नेकपा को सम्पुर्ण प्यानलै बिजयी भयको थियो भने सर्बसुलभ मुल्यमा स्वच्छ खानेपानी आमजनताको मैलिक अधिकार भयको हुदा र निर्वाचनका क्रममा आम उपभोक्ता सङ गरेका प्रतिबद्धता पूरा गर्न पहिलो बैठक बाटै निर्णय गरेको संस्थाका अध्यक्ष खड्ग बस्नेतले बताउनु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस