• २०८३ कार्तिक १४ गते शुक्रवार

आजको मौसम : देशभर सामान्य देखि पूर्ण बदली

आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध
खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३०, काठमाडौं । आज दिउँसो देशभर सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भू-भागका केही स्थानहरूमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन ,चट्याङ्ग तथा हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ । देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।

यस्तै राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भाग लगायत मध्य का धेरै स्थानहरूमा र पूर्वी भू-भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ भने हाल देशको पश्चिमी तथा मध्य भू-भागमा सामान्यतया बदली रहेको छ भने बाँकी भू-भागमा आन्शिक बदलीको अवस्था रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले पश्चिमी भू-भाग लगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भू-भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ। यस्तै देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन समेत अनुरोध गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस