• २०८३ जेष्ठ ३ गते आइतवार

चीन र भारत छिट्टै जोड्छौ : प्रधानमन्त्री ओली

पत्रपत्रिका पढ्न लाग्ने समय : ३ मिनेट

कात्तिक २७, संखुवासभा । प्रधानमन्त्री केपी शर्मा ओलीले किमाथाङ्का नाका र उत्तर दक्षिण कोशी राजमार्गको पनि अवलोकन गरेका छन् । बुधबार बिहान साढे ९ बजे हेलिकप्टरबाट संखुवासभा आइपुगेका थिए । चिन, भारत र नेपाललाई जोड्न देशकै महत्वपुर्ण बाटो रहेकाले राज्यको प्राथमिकतामा रहेको बताए । सडक खण्डको पहरा छिचोल्न नेपाली सेनालाई जिम्मा दिईसकिएको र सडक ट्रयाक ओपन भएपछि कालो पत्रेसम्मको काम क्रमस हुने गरिने प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री ओलीले आफु रहरले प्रधानमन्त्री नभई जनताले बनाएको बताए । जनचाहना अनुसार आफुले सरकारको नेतृत्व गरिरहेकोले कसैले राजिनामा दिन लगाउनु जनचाहना बिपरित रहेको बताए ।‘जनताले आवश्यक ठानेर प्रधानमन्त्री बनाएको हो, कोहि कसैले राजिनामा माग्नु ब्यर्थ हो’, प्रधानमन्त्री ओलीले भने । पछिल्लो समय पार्टी फुटको हल्ला चलाईएकोले त्यस्ता कुराको विश्वास नगर्न समेत ओलीले आग्रह गरे । प्रधानमन्त्री ओलीलेसरकार परिर्वतन नहुने बताए । जनताको विश्वासले आएको हो अहिले सरकार परिर्वतन हुदैन हल्लाको पछि नलाग्न अनुरोध गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अरुण तेश्रोको कामबाट आफु सन्तुष्ट रहेको बताए । अरुण तेश्रोको स्थलगत अनुगमनमा यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले अरुण तेश्रो जलविद्युत परियोजनाको पावर हाउस निर्माण क्षेत्र पुखुवा र ड्याम निर्माण क्षेत्र फ्याक्सिन्दा दोभानको अनुगमन गरेका छन् । अनुगमनका क्रममा सतजल कम्पनीका कार्यकारी प्रमुख अरुण धिमानले प्रगति बिवरण प्रस्तुत गरेका थिए । अरुण तेश्रोको बारेमा लगानी बोर्ड मार्फत भईरहेको र यस पटक आफै स्थलगत अनुगमनमा आएको प्रधानमन्त्री ओलीले बताए ।

अरुण तेश्रोको २०७५ बैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिसँगै सिलान्यास गरेको स्मरण गराउनुहुँदै कामबाट आफु सन्तुष्ट रहेको बताए । हाल दुई हजार ४ सय कामदाहरुबाट २४ सै घण्टा काम भईरहेको आयोजनाले जनाएको छ । अहिलेसम्म ३ सहायक सुरुङ मार्ग सहित ड्याम साईडबाट पावरहाउससम्म पुग्ने सुरुङ मार्ग ९डाईभर्सन टनेल० निर्माण सम्पन्न भइसकेको छ ।

९ सय मेगावाट क्षमताको अरुण तेश्रो परियोजना सन २०२२ मा सम्पन्न हुने परियोजना विकास सम्झौता ९पिडिए० मा उल्लेख गरिएको छ । १ खर्व ४४ अर्व लागत अनुमान गरिएको यस परियोजनाबाट नेपाललाई २१ दशमलब ९ प्रतिशत निशुल्क विद्युत प्राप्त हुनेछ भने विभिन्न शिर्षकमा ३ खर्ब ४८ रुपैयाँ आर्थिक लाभ लिनेछ । आयोजनाबाट स्थानीय प्रभावितहरुले १ अर्ब ६० करोड रुपैयाँको सेयर पाउनुका साथै प्रति महिना ३० युनिट विद्युत प्राप्त गर्नेछन् । निर्माण सम्पन्न भएको २५ बर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने पिडिएमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री ओलीसँग भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, राष्ट्रियसभा सांसद परशुराम मेघी गुरुङ, संखुवासभाका सांसद राजेन्द्रप्रसाद गौतम सहित संखुवासभा आइपुगेका थिए । प्रधानमन्त्री ओलीसँग प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई समेत अनुगमन भ्रमणमा आएका थिए । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस