असोज २६, धनुषा । धनुषा प्रहरीले महिलाको हत्या गर्ने हत्याराहरू पक्राउ गरेको छ । प्रहरीले सप्तरी तिरहुत गाउ पालिका वडा नं. २ मैनाकडरी बस्ने शिक्षक शिवनारायण यादवको श्रीमति बर्ष ५० की दाईमन देबी यादवको हत्या गरेका २१ वर्षिया अजय कुमार यादव, ५२ वर्षिया राधे भन्ने ओमप्रकाश यादव र सप्तरी जिल्ला कञ्चनपुर नगर पालिका वडा नं ११ वस्ने वर्ष ५५ को बम बहादुर साहलाई पक्राउ गरेको हो ।

उनिहरुले २०७६ असोज १० गते रातीको समयमा आफ्नो घरमा एक्लै बसि रहेकोे महिलालाई डोरीले घाँटीमा बाँधेर हत्या गरेका थिए । उनिहरुल । आरोपी मध्येका बम बहादुर साहले मृतक महिलालाई भुईमा लडाएर डोरीले घाँटीमा कसेर हत्या गरेको एवं अन्य दुई जना ओमप्रकाश यादव र अजय यादवले बाहिर कोहि आउँछ कि भनेर रेक्की गरेको भनि खुल्न आएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो ।
प्रारम्भिक अनुसन्धानमा उनिहरुले गरेको अपराध स्वीकार गरेका छन् । उनिहरुका अनुसार मृतक महिला दाईमन देवी यादवको देवरानी सँग प्रतिवादी ओमप्रकाश यादवसँगको अनैतिक समबन्ध रहेकोमा मृतकले थाहा पाए पछि उनले मृतकसँग रिसईबी राखी हत्या की योजना बनाएको हो। साथै अजय यादव र मृतकको बिच जग्गा बिवाद रहेको थियो । मृतकको २ बिघा जग्गा अजय यादवको बुवाले २०४७ साल देखि जोत भोग गर्दै आएकोमा बिवादको कारण बाली नबुझाएको रिसिइवी रहेको खुल्न आएको छ ।
प्रतिवादी बम बहादुर साह बिगतमा मधेश मुक्ति टाईगर्स भन्ने सशस्त्र समूहमा संलग्न रही शिक्षक रामनारायण साहको हत्या गरेको अभियोगमा ८ वर्ष जेल सजाय बसी २ बर्ष अघि हिरासत मुक्त भएका थिए । उनलाई ओमप्रकाश यादव र अजय यादवले हत्यामा संलग्न गराएको प्रहरी उपरीक्षक प्रसाईले जानकारी दिनुभयो । ।