असोज २६,रुपन्देही । थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीमा थप एकजना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना र नोबेल मेडिकल कलेज विराटनगरमा एक गरि थप तीनजनाको मृत्यु भएको हो ।
रुपन्देहीमा देवदह नगरपालिका १० का ७९ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो । असोज १९ गते कोरोना संक्रमण पुष्टि भएका उनी २० गते अस्पताल भर्ना भएका थिए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुनसरीको धरान २ का ८९ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनमा उच्च रक्तचापको पनि समस्या थियो । यही असोज २३ गते प्रतिष्ठानमा भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै नोबेल मेडिकल कलेज विराटनगरमा सुनसरीको बराहक्षेत्रका ३७ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्रका ३७ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो । नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार बराहक्षेत्र नगरपालिका ५ का ३७ वर्षीय पुरुषको बिहान ६ः५० बजेतिर मृत्यु भएको हो