भदौ २७, काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका वडा १४ कंलकी मकालु पेट्रोल पम्प अगाडीबाट ५ जनालाई दुर्लभ कछुवा सहित पक्राउ गरेको छ । प्रहरी बृत्त कालिमाटी, पिसिसिबी अपराध महाशाखा अन्तर्गत पिसिसिबी कालिमाटी, पिसिसिबी स्वयम्भुबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार बिहान चितवन तर्फबाट रु ३५ लाखमा बिक्रि बितरण गर्न भनि लिएर आएको अन्दाजि ७०० ग्राम तौल तथा लम्बाई अन्दाजी १२ ईन्च भएको पहेलो रंगको अबैध बन्यजन्जु कछुबा सहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेत भेरी गंगा न.पा. वडा न २ बस्ने बर्ष २५ को सर्वराज बुढा, नुवाकोट बेलकोट गढी न.पा. वडा न. ५ बस्ने बर्ष १८ को सुरेन्द्र श्रेण्ठ, काभ्रे नमोबुद्ध न.पा. वडा न ८ बस्ने बर्ष २७ सन्तोष रम्तेल, रौतहट च.पुर न.पा. वडा न ३ बस्ने बर्ष १८ को रुपेश तिमल्सिना, नुवाकोट बेलकोट गढी न.पा. वडा न ५ बस्ने बर्ष १९ को प्रमोद बास्कोटा रहेका छन । उनिहरुलाई बरामद सामानहरु सहित थप अनुसन्धानको लागी बृत्त कालिमाटीमा राखिएको छ ।