• २०८३ बैशाख १६ गते बुधवार

ललितपुरमा ३ जना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २७, काठमाडौं । ललितपुरका अस्‍पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा २ जना र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृत्यु हुनेमा दुई जना भक्तपुरका र एक जना काठमाडौंका हुन् ।

काठमाडौं निवासी ५१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । यसैगरी ललितपुरकै पाटन अस्पतालमा उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । मेघा अस्पतालमा उपचार गराइरहेका भक्तपुर निवासी ३८ वर्षीय पुरुषको पनि आज बिहान ७ः४० बजे मृत्यु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस