श्रावण २८ , एजेन्सि । म्यानमारलाई चिनियाँ परियोजना बेल्ट एन्ड रोडलाई ठूलो धक्का दिएको छ । बेल्ट एन्ड रोडको एक हिस्सा मानिएको चिनियाँ लगानीमा बनिरहको योङ्न सिटी प्रोजेक्टमा अन्य विदेशी साझेदारहरुलाई पनि संलग्नका लागि म्यानमारले अनुमति दिएको छ । चीनले अहिले विश्वव्यापीरुपमा आलोचना खेपीरहेका बो अर्को एक दक्षिणपूर्वी मुलुक म्यानमारले पनि चीनलाई ठूलो धक्का दिएको हो ।
म्यानमार सरकारले उक्त परियोजनामा अन्य विदेशी साझेदारहरुका लागि पनि खुला गर्ने निर्णय गरेको छ । चिनियाँ कम्युनिकेसन कन्सट्रक्सन कम्पनीले आफूबाहेक अन्यको प्रभुत्व नहोस् भन्ने चाहन्छ । यो परियोजना बाढी प्रभावित क्षेत्रमा भएको र सीसीसीसी को संलग्नताका कारण विवादित रहेको यस विषयसँग जानकार स्रोतले बताएक छ ।
हङकङमा सूचीकरण भएको चिनियाँ राज्यको स्वामित्वमा रहेको कम्पनीलाई विकासमा सम्बन्धित भ्रष्टाचारको आरोप लगाइएको छ । अफ्रिकी र एसियाली १० मुलुकमा यस कम्पनीले विकास परियोजनाहरुमा भ्रष्टाचार गरेको आरोप लगाइएकोप छ । त्यसैगरी मलेसियाका पूर्वप्रधानमन्त्रीको भ्रष्टाचार काण्डमा समेत यस कम्पनीको संलग्नता रहेको बताइएको छ ।
यस वर्ष चिनियाँ राष्ट्रपति सि जिनपिङको म्यामार भ्रमणका क्रममा दुई राष्ट्रपति योङ्गन सहर परियोजनामा हस्ताक्षर भएको थियो । योङ्गन सहर परियोजना चीन र म्यानमार आर्थिक करिडोरको अंग भएको बताइएको छ ।