• २०८३ भाद्र १८ गते बिहिवार

साउथ चाइना सीमा चिनियाँ गतिविधिप्रति अस्ट्रेलियाको चासो, ऐतिहासिक अधिकार नभएको दाबी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २८ , एजेन्सि । साउथ चाइना सीमा भइरहेका चिनियाँ पक्षको अस्थिरताका गतिविधिप्रति अस्ट्रेलियाले चासो देखाएको छ । अस्ट्रेलियाले संयुक्त राष्ट्र संघका महासचिव समक्ष एक नोटसमेत दर्ता गराएको छ । अस्ट्रेलियाले चीनको गैरकानुनी सामुद्रिक दाबीलाई खारेजको माग गर्दै उक्त नोट दर्ता गराइएको भारतका लागि अस्ट्रेलियाली उच्चायुक्त बेरी ओुफरेलले बताएका छन् ।

साउथ चाइना सीमा भइरहेको चिनियाँ अस्थिर गतिविधिहरु र तनावपूर्ण अवस्थाका बारेमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । गत साता, अस्ट्रेलियाले संयुक्त राष्ट्रसंघका महासचिव समक्ष एक नोट दर्ता गर्दै सामुद्रिक क्षेत्रमा गैरकानुनी रुपमा गरिएको चिनियाँ दाबीलाई खारेज गरिएको उल्लेख गरेका छौं, उनले भने । सन् २०१६ को आदेशले चिनियाँ दाबीविरुद्ध फैसला गरेको छ । अस्ट्रेलियाले चिनयाँ ऐतिहासिक अधिकार भएको र आन्तरिक जलश्रोतको तर्कलाई खारेज गर्दछ । उनले भने,

अस्ट्रेलिया सरकारले कुनै पनि चिनियाँ दाबी मान्‍न तयार छैन र संयुक्त राष्ट्र संघको महासभाले पनि यसविरुद्ध निर्णय गरेको छ । भारत र चीनबीचको सीमा तनावलाई उल्लेख गर्दै अस्ट्रेलियाले सधैं तनाव कम गर्ने भारतीय पक्षको पहलको पक्षमा रहेको बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस