• २०८२ जेष्ठ ३२ गते शनिवार

गण्डकी प्रदेशमा लकडाउन गर्नुपर्ने अवस्था छैनः मुख्यमन्त्री गुरुङ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २८,पोखरा।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा कोरोना भाइरस सङ्क्रमण बढे पनि लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज०को २१ औँ स्थापना दिवसका अवसरमा फोनिज गण्डकीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले नागरिकस्तरबाट सचेतना अपनाउँदा धेरै हदसम्म सङ्क्रमण नियन्त्रण हुने बताए ।

उनले भने, ‘लकडाउन फेरि लगाउनुपर्दछ भन्ने अवाजसमेत उठेको छ तर अहिले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने समय होइन, खोलिसकेको कलकारखाना निर्माण व्यवसायका काम बन्द गर्ने भनेर सोचेका छैनौँ, हतारो गर्र्नु पनि हुँदैन । हामी सचेत होऔँ त सङ्क्रमण धेरै कम हुन्छ ।’

प्रतिक्रिया दिनुहोस