• २०८३ असार २ गते मङ्गलवार

७७ वटै जिल्लाका सीडीओलाई गृह मन्त्रालयको निर्देशन, आन्दोलन नियन्त्रण गर्नुहोस

पत्रपत्रिका पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ ३०, काठमाडौँ । गृह मन्त्रालयले सार्वजनिक स्थलमा भेला भएर आन्दोलन तथा विरोधका कार्यक्रम रोक्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहत सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ ।

लकडाउन उल्लंघन गर्ने, संक्रमणको जोखिम बढाउने र सामाजिक सद्भाव खलबल्याउने गरी कुनै पनि गतिविधि गर्न नदिन प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए । पछिल्लो ३ दिनयता राजधानीसहित मुलुकका प्रमुख सहरहरुमा सरकारविरोधी आन्दोलन भइरहेका छन् ।

बिहीबारमात्रै कोभिड–१९ रोग नियन्त्रणमा सरकार असफल भएको भन्दै बालुवाटार घेराउ गर्न पुगेको ठूलो भीडलाई अश्रुग्यास र पानीका फोहोरा हानेर नियन्त्रणमा लिइएको थियो । मंगलबार पनि प्रधानमन्त्री निवास घेराउ गर्न पुगेको स्वतस्स्फूर्त भीडलाई खुर्सानीटार क्षेत्रमा पानीको फोहोरा हानेर तितरबितर पारिएको थियो । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस