• २०८३ बैशाख २७ गते आइतवार

गाजाको स्वास्थ्य संकट आउदो पुस्तासम्म रहने डब्लुएचओ प्रमुखको चेतावनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ५, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस गेब्रेयससले गाजा पट्टीमा जारी स्वास्थ्य संकट ‘आउँदो पुस्तासम्म’ रहन सक्ने चेतावनी दिएका छन्। उनले वर्तमान अवस्थालाई ‘विपत्ति को रूपमा वर्णन गर्दै गाजाको जटिल मानवीय अवस्थालाई सम्बोधन गर्न सहायतामा ठूलो वृद्धि तत्काल आवश्यक रहेको बताएका छन् ।

बिबिसीसँग कुरा गर्दै गेब्रेयससले अक्टोबर १० मा हमाससँग भएको युद्धविराम सम्झौता पछि इजरायलले केही सीमित राहत आपूर्ति र औषधिहरू गाजामा प्रवेश गर्न अनुमति दिएको छ, तर यो मात्रा स्वास्थ्य प्रणालीलाई पुनर्जीवित गर्न आवश्यक पर्ने भन्दा धेरै कम रहेको बताएका छन् ।

गेब्रेयससले भने- ‘गाजामा स्वास्थ्य पूर्वाधार पूर्ण रूपमा ध्वस्त भएको छ । अस्पतालहरू या त भग्नावशेषमा छन् वा औषधिको गम्भीर अभावबाट ग्रस्त छन् । यसले आजको मात्र नभई आउने पुस्ताको शारीरिक र मानसिक स्वास्थ्यलाई पनि असर गर्नेछ ।’

उनको टिप्पणी यस्तो समयमा आएको हो जब राहत एजेन्सीहरूले चेतावनी चिकित्सा सेवाहरूको पुनर्स्थापना बिना गाजामा महामारी फैलिने जोखिम बढ्न सक्ने चेतावनी दिइरहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस