• २०८३ जेष्ठ १६ गते शनिवार

आजको मौसम : मेघगर्जन र चट्याङ सहित वर्षाको संभावना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभर प्रदेश १, प्रदेश २, प्रदेश ५, बाग्मती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक बदली रहनेछ।प्रदेश १, प्रदेश २, प्रदेश ५, बाग्मती प्रदेश , गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको संभावना रहेको छ।

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु ,पश्चिमको भू(भाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व(पश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, प्रदेश २ र सुदुरपश्चिम प्रदेशका भू(भागमा आंशिक देखि सामान्य बदली रही प्रदेश ५ का भू(भागमा मौसम सामान्यतया सफा रहेको छ।

प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५का केही स्थानहरुमा र कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेकोले महाशाखाले सबैलाई सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस