बैशाख ३०, बाजुरा । घरेलु तथा साना उद्योग विकास समिती बाजुराको आयोजनमा जिल्लाको बडिमालिका नगरपालिका ९ मा रहेका दैनिक उपभोग्य बस्तुहरुका पशलको अनुगमन गरीएको छ । कोरोना भाईरस रोकथाम तथा नियन्तणका लागी देश लकडाउनमा रहेको समयमा बिभिन्न बाहानामा पसलेहरुले सामानको मुल्य बृद्धि भएको जनगुनासो आएपछि बजार अनुगमन गरीएको घरेलु तथा साना उद्योग बाजुराका विकास समिती बाजुराका कार्यालय प्रमुख मानबहादुर चाटले बताउनुभएको छ ।

बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान बरामद गरी नष्ट गरीएको घरेलु तथा साना उद्योग बिवकास समिती बाजुराका बरिष्ठ उद्यम बिकास सहजकर्ता पदम ऐरले बताउनुभयो । उहाँका अनुसार म्याद गुज्रेका दैनिक उपभोग्यका सामानमा ३८ प्याकेट पिठो, ९२ प्याकेट बिस्कुट, १३ प्याकेट चिउरा लगायतका करीब एक लाख बराबरका म्याद गुज्रेका अखाद्य बस्तु बरामद गरी नष्ट गरीएको बताउनुभयो । घरेलु तथा साना उद्योग विकास समिती बाजुराको आयोजनमा गरीको बजार अनुगमनमा बडिमालिका नगरपालिका, उद्योग बाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कोष तथा लेखा नियन्त्ररक, पत्रकार लगाएतको टोलीले बजार अनुथमन गरेको घरेलु तथा साना उद्योग विकास समिती बाजुराका तथ्याङ्क सहायक मानबहादुर रावलले जानकारी दिनुभएको छ ।
