• २०८३ बैशाख ४ गते शुक्रवार

तपाईको आज

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वि.सं. २०७६ चैत ३० आइतवार। इ.स २०२० अप्रिल १२ ने.सं. ११४० चौलागा। वैशाख कृष्णपक्ष। पञ्चमी, २२:५५ उप्रान्त षष्ठी।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामान्य काममा धन र श्रम खर्चनुपर्ला। समस्याप्रति गम्भीर नबन्दा दुस्ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खानपान र मनोरञ्जनका लागि फजुल खर्च र दौडधुप हुनेछ। अनावश्यक कामलाई सञ्चित रकम खर्चनुपर्ला। निम्तो आए पनि यात्रा कष्टपूर्ण र आतिथ्य खर्चिलो बन्नेछ। वादविवाद भए पनि प्रेमको बन्धन कसिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन्। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हिस्सेदारसँग असमझदारी बढे पनि नयाँ सम्झौता हुन सक्छ। स्थायी सम्पत्तिमा देखिएको विवाद सुल्झाउन सकिनेछ। शुभचिन्तकहरूको साथ जुट्नाले चिताएका काम सम्पादन हुनेछन्।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। घरखर्च बढ्नुका साथै अर्थ अभाव देखा पर्नेछ। तापनि यात्राका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि मिहिनेतको प्रतिफल हातलागी हुनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
विवादास्पद कामलाई टुंगो लगाउँदै लोकप्रियता हासिल गर्न सकिनेछ। साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला। सोखले थालिएको काम व्यवसायमा रूपान्तरित हुनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने विभिन्न अवसरले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ।

Sharing

प्रतिक्रिया दिनुहोस