• २०८३ बैशाख २५ गते शुक्रवार

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराई विरुद्ध मुद्दा चलाउन सर्वोच्चमा रिट

बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले मुद्दा दायर गरेका हुन्
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २९,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना मुद्दामा विपक्षी दललाई मात्रै आरोपित गरेको आरोप लगाईरहेका बेला बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले पूर्वप्रधानमन्त्रीहरु माधव कुमार नेपाल र बाबुराम भट्टराई विरुद्ध समेत मुद्दा चलाउनु पर्ने माग गर्दै मुद्दा दायर गरेका हुन् ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउने नीतिगत निर्णय नेपाल र भट्टराईका पालामा भएको र उनीहरु दुवै जनालाई अख्तियारले उन्मुक्ति दिएको भन्दै भ्रष्टाचारको मुद्दा चलाउन आदेश माग गर्दै बुधबार रिट दर्ता गरेका हुन्।

अख्तियारले नीतिगत निर्णय भन्दै नेपाल र भट्टराईलाई उन्मुक्ति दिए पनि सो निर्णय कानुन विपरीत भएका कारण आफूले रिट दायर गरेको अधिवक्ता न्यौपानेले प्रतिक्रिया दिएका छन्।

न्यौपानेले दायर गरेको सो रिटको पेशी सर्वोच्चले शुक्रबारलाई तोकेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस