• २०८३ भाद्र २ गते मङ्गलवार

सिन्धुपाल्चोकको जुगलमा ज्वरो र रुघाखोकीको विरामी बढेको हो कोरोनाको होईन : स्वास्थ्य मन्त्रालय

ज्वरो, रुघाखोकी र झाडापखालाको विरामी बढेको र त्यसको निवारणको लागि आवश्यक स्वास्थ्यकर्मि र औषधिको अभावले गर्दा उक्त समस्या
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २९, काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोना भाइरसको लक्षण देखा परेको भन्ने हल्ला फैलाएको भन्दै स्वास्थ्य मन्त्रालयको टोली जाँच गर्न त्यसतर्फ गएको छ  । ज्वरो, रुघाखोकी र झाडापखालाको विरामी बढेको र त्यसको निवारणको लागि आवश्यक स्वास्थ्यकर्मि र औषधिको अभावले गर्दा उक्त समस्या आएको गाउँपालिकाले जनाएको हो ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटिएका हुन् । गाउँपालिकाका अनुसार गाउँपालिका–३ को गुम्बाबस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका बिरामी भेटिएका छन् । संक्रमित भेटिएको स्थान चीनसँगको सीमानजिकै पर्छ । यद्यपि, चीनसँग आवतजावत गर्ने बाटो भने त्यहाँ छैन ।

गुम्बाबस्तीका करिब १०० जनामा कोरोना भाइरसका बिरामीमा जस्तो लक्षण देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर बिकले अनलाइनखबरलाई जानकारी दिए । बिकका अनुसार, स्थानीय स्वास्थ्य चौकीको सम्पर्कमा पुगेका त्यस्ता बिरामीले औषधि सेवन गरे पनि निको भएको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस