• २०८३ जेष्ठ २ गते शनिवार

दुल्लु नगरपालिकाको छैटौं नगरसभा सम्पन्न

पढ्न लाग्ने समय : १ मिनेट
  • भावना हमाल

पौष २७, दैलेख । दैलेखको दुल्लु नगरपालिकाको छैटौं नगरसभा सम्पन्न भएको छ ।  दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले नगरसभाको उद्घाटन गर्नुभएको हो ।

नगरसभामा बिधायन समितिका संयोजक कलम बहादुर खनालले नगरसभामा पेश गरेका ३ वटा बिधयक नगरसभाले सन्शोधन सहित शिक्षा ऐन२०७६, स्वास्थ्य तथा सरसफाइ ऐन २०७६, कृषि ऐन २०७६ पारित गर्दै नगरसभा सम्पन्न गरेको छ।

उप प्रमुख बिण्णु थापा ले सबै योजनामा शुसासन कायम गरि जनताले प्रथिफल पाउने गरि सबै जनप्रतिनिधी खट्नुपर्ने बताउनु भयो सभामा धन्यवाद समेत दिनु भयो। लेखा समितिका संयोजक तर्क बहादुर खड्का ले मलेप को बेरुजु र आर्थिक पारर्दशिता को बरेमा बोल्नु भयो

सामाजिक बिकास समितिका संयोजक खगेन्द्र थापाले शिक्षा र स्वास्थ्य मौलिक हक हुन यिनको संरक्षण र नागरिकको सेवाको लागी ऐन ल्याउनु परेको बताए। यस्तै आर्थिक बिकास समितिका संयोजक झुपाराम लम्सालले कर्णाली प्रदेशको कृषि लाइ ब्याबसायिक बनाउन र खेतीयोग्य जमिन बाझो राख्न बाट जोगाउन कृषि ऐन ल्याएको बताए।

कर्णार्ली प्रदेश कै पहिलो नगर सभा भएको हो । स्थानिय तह संचालन ऐन मा हिउदे अधिबेशन को कानुनी ब्याबस्था छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस