“पार्टी कसैको प्राइभेट कम्पनी होइन, वर्षाबाट तर्सिने किसान, नदीबाट तर्सिने माझी, बन्दुकबाट तर्सिने सिपाहीको केहि काम छैन । तपाईहरु दुवैजना आफुलाई सुप्रीम नठान्नू , पार्टीलाई बिधिमा संचालन गर्नू ।”
वरिष्ठ नेता क. माधबकुमार नेपालज्यू तपाइले नेकपाका दुइ अध्यक्षद्वयलाई लक्षित गर्नुभएको यो भनाइप्रति सकारात्मक रुपले लिदै केहि गुनासो राख्न मनलाग्यो ।
पचासको दसकपछि तात्कालिन एमालेको नौ महिने शासन कालको लोकप्रीयतामा तपाईको पनि साख नरहेको होइन तथापी स्व. मनमोहनको आचरण र ब्यबहार तथा उहांको सरकारको नेतृत्व क्षमताले अझ उचाइमा पुर्याएको कुरा हामीले भुलेका छैनौ ।हामीले यो पनि भुलेका छैनौ कि तात्कालिन माओबादी र सरकारबिचको शान्ति वार्तामा तपाईको त्यो महत्वपूर्ण भूमिकाबारे ।
तपाइले पार्टीको लागि जीवनभरी संघर्षका पाइलाहरु आफ्नो औकातनुसार अगाडि बढाइरहनुभएको थियो, छ र हुनेछ पनि । तर १५ वर्ष पार्टीको दाम्लो डोर्याउदा तात्कालिन माले र एमालेले पार्टी र देस हाक्दा केहि परिवर्तनका रेखाहरु नकोरिएका होइनन । तर कुनैपनि संस्था या राजनीतिक संगठन हाक्दा त्यो लिड गर्ने ब्यक्तिको अतीत, बर्तमान र भविश्यको योजना पनि जनताले मूल्यांकन गरेका हुन्छन र राम्रोलाई हाम्रो सम्झि अत्यधिक मतले जिताएका पनि हुन्छन । पचासको दसकपछि तात्कालिन एमालेको नौ महिने शासन कालको लोकप्रीयतामा तपाईको पनि साख नरहेको होइन तथापी स्व. मनमोहनको आचरण र ब्यबहार तथा उहांको सरकारको नेतृत्व क्षमताले अझ उचाइमा पुर्याएको कुरा हामीले भुलेका छैनौ । हामीले यो पनि भुलेका छैनौ कि तात्कालिन माओबादी र सरकारबिचको शान्ति वार्तामा तपाईको त्यो महत्वपूर्ण भूमिकाबारे । बढो असहज परिस्थितिमा दुइ कम्युनिस्ट पार्टीलाई एकीकरण गर्ने भूमिकामा पनि तपाईको महत्वपूर्ण योगदान नभएको होइन तथापी जव गणतान्त्रीक नेपालको पहिलो तीन तहमध्ये एकीकृत नेकपाको संघीय तथा प्रान्तीय चुनावमा झन्डै दुई तिहाइको बहुमतको सरकार बन्यो र पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा हालसम्म सरकारको नेतृत्व चलिरहदा तपाईलाई सोध्न मनलागेको कुरा :
युगपुरुष त्यसलाई भनिन्छ जुन ब्यक्तिमा सानै उमेरदेखि ब्यक्तित्वमा सालिनता, ब्यबहारमा नम्रता, आचरणमा सुद्दता, बोलीबचनमा मीठास, सामाजिक कार्यमा रुचि देखाउने, ठूलालाई आदर गर्न जान्ने र नयां नयां सृजनात्मक तथा रचनात्मक काममा रुची राख्ने, देसको नेतृत्व सवल र सक्षमरुपमा गर्न सक्ने, भोक लाग्दा भोजनको अभाव महशुस नगर्ने, रोग लाग्दा नआत्तिने अर्थात सुखमा नमात्तिने, दुखमा नआत्तिने, नैतिकताको धरातलमा इमान्दारीता र बफादारीताको जग बसाउन प्रयत्नसील रहने आदि आदि गुणले भरिपूर्ण मानिस नै युगपुरुष कहलिन्छ । न युगले संधै महापुरुष जन्माइराख्दछ, न त एक युगमा जन्मिएका सबै ब्यक्तिहरु महापुरुष लायकका हुन्छन
१. शुरुका दिनमा सरकारको बिकासे गतिशीलता जोड्तोडकासाथ अगाडि बढीरहेकै थियो, सरकारले आफ्नो काम एक रफतारकासाथ अगाडि बढाइरहंदा केहि अलोकप्रीय कार्यबाहेक प्राय: कामको जस पाइरहदा कतै आफु ओझेलमा त परिन्न भन्ने डरले खोपाको स्याउ चर्पीको हाउ जस्तै हुनुभएको त होइन ?
२. अहिले बिधि बिधान र पद्दतीका कुरा गर्नुहुन्छ तर तपाई प्रधानमन्त्री हुदा कुन बिधि र पद्दती अन्तर्गत थियो ?
३. के नेकपाको यो चटारो र रडाको मच्चिनुमा तपाईको दोष कत्तिपनि छैन ?
४. के नेकपालाई सत्ता नफापेकै हो त ? यदि होइन भने केपिको नेतृत्वमा नेकपाको सत्ता पाच वर्ष चल्नको लागि तपाईहरुको टाउको दुखाई किन यदि तपाईहरुको राजनीतिक जीवन देस र जनताको लागि हो भने ?
५. के नेकपा अब गुट र उपगुटको खाडलमा जकडिएकै हो ?
६. तपाइले ” पार्टी कसैको प्राइभेट कम्पनी होइन , वर्षाबाट तर्सिने किसान, नदीबाट तर्सिने माझी, बन्दुकबाट तर्सिने सिपाहीको केहि काम छैन” भनेर कुर्लिरहदा चुनाबबाट भाग्ने नेताको पनि त काम छैन नि होइन र माधबजी ? पार्टीको आगामी महाधिबेसनमा अध्यक्ष पदमा भिड्न किन डराउनुभयो र चार महिना पछि हुने महाधिबेसन र इलेक्टेड पद्दती हुदा हुदै किन सेलेक्टेड टिके पद्दती अप्नाउन खोज्नुभएको नि ? कतै तपाई पनि चुनावबाट भाग्न खोज्नुभएको त होइन ?
७. अहिलेको बिदेसी इसारा, पद, कुर्चीको क्षणिक लोभले गर्दा अगामी चुनावको नतिजा, जनता आम कार्यकर्ताको मनस्थिति, राजावादीको चलखेल, प्रतिपक्षको मलजल आदिबारे ख्याल राख्नुभएको छ ?
८. सरकारले काम गरेन भनेर सुगा बोलि रटिरहदा पार्टीको संगठनात्मक ढाचा कति मजवुत भयो, तल्लो तहका कार्यकता कतिका खुशी छन या बेखुश, यस मामलामा प्रचन्डजीलाई सचेत गराउनु भएको छकि टिके अध्यक्ष पदको लोभले जग हसाउने काम मात्र गर्नुभएको छ ?
९. नराम्रो कामबारे सरकारलाई सचेत गराउनु हरेक नागरिकको दायित्व पनि हो तर तपाई त भु पु प्रधानमन्त्री अनि वरिष्ठ नेता पनि र त सचेत गराउनुभयो ठीकै छ तैपनि आफ्नै पार्टीको सरकारले गरेका राम्रा कामबारे जनताको नजरमा कहिलै लैजाने कोशिस गर्नुभयो ?
कमरेड माधबज्यू ,
युगपुरुष त्यसलाई भनिन्छ जुन ब्यक्तिमा सानै उमेरदेखि ब्यक्तित्वमा सालिनता, ब्यबहारमा नम्रता, आचरणमा सुद्दता, बोलीबचनमा मीठास, सामाजिक कार्यमा रुचि देखाउने, ठूलालाई आदर गर्न जान्ने र नयां नयां सृजनात्मक तथा रचनात्मक काममा रुची राख्ने, देसको नेतृत्व सवल र सक्षमरुपमा गर्न सक्ने, भोक लाग्दा भोजनको अभाव महशुस नगर्ने, रोग लाग्दा नआत्तिने अर्थात सुखमा नमात्तिने, दुखमा नआत्तिने, नैतिकताको धरातलमा इमान्दारीता र बफादारीताको जग बसाउन प्रयत्नसील रहने आदि आदि गुणले भरिपूर्ण मानिस नै युगपुरुष कहलिन्छ । न युगले संधै महापुरुष जन्माइराख्दछ, न त एक युगमा जन्मिएका सबै ब्यक्तिहरु महापुरुष लायकका हुन्छन ।
नेकपाको आन्तरिक विवादले रास्ट्रीयस्तरमा नै असर परेकोले यसमा तपाइको महत्वपूर्ण कदमको प्रतीक्षा आम कार्यकर्ताले पनि गरेकाले आगामी महाधिबेसनबाट सबै कुराको छिनोफानो हुनेगरी यो आन्तरिक विवाद छिट्टै सुल्झाई पार्टीको संगठनात्मक ढाचा मजवुत बनाउने, नागरिकको स्वास्थ्यप्रति चासो राख्दै देसको बिकासतिर ध्यान दिने वातावरण सृजना गर्नुभयो भने एक हिउदले जाडो जादैन भनेजस्तो आगामी चुनाबपछिको तपाइको यात्रा झन महान युगपुरुषकोरुपमा अगाडि बढ्नेछ
युगले सधै महापुरुषहरु जन्माइ राख्दैन । हिजोका दिनमा महात्मा गान्धी, अब्राहम लिन्कन, मन्डेला, पृथ्वीनारायण शाह, भीमसेन थापा, जङ्ग बहादुर राणा, त्रिभुवन,महेन्द्र,बीरेन्द्र शाहदेखि बिपि कोइराला, मनमोहन अधिकारी, गणेशमान,मदन भण्डारी युगले जन्माएका महापुरुषहरु हुन् भने हालको वर्तमान अबस्थामा नेपालमा गणतन्त्र स्थापनाको लागि बिगतदेखि अनवरतरुपमा निरंकुश शासन बिरुद्दको लडाइमा लागिपर्ने हालका केही नेताहरु युगपुरुषको लागि योग्य हुन खोज्दा खोज्दैपनी राजनीतिक जीवनको लामो यात्रालाई उत्तरार्द्दमा लिन्कनको बेसमा हुसेनको रजाइ जस्तो बनाउन खोज्दा हामीजस्ता जीवनभर पार्टीकै लागि मरिमेट्ने कार्यकर्ताको मुटु चुडिनु अस्वभाविक होइन जस्तो लाग्छ । त्यसैले माधब कमरेड्ज्यू, मौका आउछ पर्खिदैन, बगेको खोला फर्किदैन भनेजस्तो ७१ वर्षे लामो कम्युनिस्ट आन्दोलनको दौरानमा कयौ निरंकुश शासकको दमनका बाबजुद पनि झन मौलाउदै गएको यो कम्युनिस्ट आन्दोलनको रफतार र हाल आम नेपाली जनताले स्वीकारेको वर्तमान परिस्थितिलाई मध्यनजर राख्दै वर्तमान देसको परिस्थिति , कोरोनाको कहर, अन्तररास्ट्रीय परिबेस र नेपाल र नेपाली जनताको कम्युनिस्ट साखलाई क्षणिक पद, पैसा र प्रतिष्ठाको लोभमा लत्याउने अधिकार कसैलाई पनि छैन ।
हाल नेकपाको आन्तरिक विवादले रास्ट्रीयस्तरमा नै असर परेकोले यसमा तपाइको महत्वपूर्ण कदमको प्रतीक्षा आम कार्यकर्ताले पनि गरेकाले आगामी महाधिबेसनबाट सबै कुराको छिनोफानो हुनेगरी यो आन्तरिक विवाद छिट्टै सुल्झाई पार्टीको संगठनात्मक ढाचा मजवुत बनाउने, नागरिकको स्वास्थ्यप्रति चासो राख्दै देसको बिकासतिर ध्यान दिने वातावरण सृजना गर्नुभयो भने एक हिउदले जाडो जादैन भनेजस्तो आगामी चुनाबपछिको तपाइको यात्रा झन महान युग पुरुषको रुपमा अगाडि बढ्नेछ जसरी अहिले जसले जे भनेपनि हालका प्रधानमन्त्रीको साख अगाडि बढीरहेको छ ।