मंसिर २६, नयाँ दिल्ली । बलिउडका निर्माता तथा कोरियोग्राफर रेमो डिसुजालाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ ।

शुक्रबार दिउँसो हृदयघात भएपछि मुम्बईस्थित कोकिलाबेन धिरूभाइ अम्बानी अस्पतालमा भर्ना गरेको हो ।
एबिपी न्युजका अनुसार अहिले उनलाई अस्पतालको आइसियूमा भर्ना गरिएको छ। कोरियोग्राफर डिसुजाकी पत्नी लिजेल पनि उनको साथमा छन्। एबिपी न्युजका अनुसार रेमोको एन्जियोग्राफी गरिएको छ।