मंसिर २६, काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार ४४ सङ्क्रमित थपिएका छन् । योसगैं कुल सङ्क्रमित दुई लाख ४६ हजार ६९४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार २७१ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ३२ हजार ८७२ जना सङ्क्रमित निको भएका छन् ।
पछिल्लो चौबीस घण्टामा ११ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । उक्त मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार ६७४ पुगेको छ ।