कार्तिक २५, डडेल्धुरा । डडेल्धुरा अस्पतालमा कार्यरत एक चिकित्सक र नर्सिङ अफिसरमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार सोमबार अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डेन्टल सर्जन डाक्टर डबल बुढा र नर्सिङ अमृता बिष्टलाई कोरोना पुष्टि भएकोे हो ।
संक्रमण पुष्टि भएपछि उनीहरु अस्पतालकै आइशोलेसनमा बसिरहेका छन् ।